नेपालगञ्ज, बाँके —
Advertisement 1
नेपाली कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बाँके क्षेत्र नं. २ बाट दिपेन्द्र बिष्टको नाम सिफारिस गर्दै युवा नेतृत्वलाई निर्णायक रूपमा अघि सारेको छ। नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेले सर्वसम्मत रूपमा सिफारिस गरिएको बिष्टलाई जनतासँग जोडिएको, संघर्षशील र परिवर्तनकारी युवा नेताका रूपमा अगाडि बढाइएको पार्टी स्रोतले जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ निवासी बिष्ट राजनीति, समाजसेवा, युवा संगठन निर्माण र खेलकुद अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। युवामाझ उनको बलियो पकड, निरन्तर जनसम्पर्क र मैदानमा आधारित राजनीति नै सिफारिसको प्रमुख आधार बनेको पार्टीको दाबी छ।
Advertisement 2
पार्टीभित्र पुराना ढर्रा तोड्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बहस तीव्र भइरहेका बेला बिष्टको सिफारिसलाई बाँके–२ मा पुस्तान्तरणको स्पष्ट सन्देशका रूपमा हेरिएको छ। बेरोजगारी, शिक्षा, खेलकुद, सामाजिक न्याय र सुशासनका मुद्दामा उनी स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित छन्।
स्थानीय युवाहरूका लागि रोजगारी, उद्यमशीलता र खेलकुद पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाउँदै आएका बिष्टले “अब संसदमा युवाको आवाज बलियो हुनुपर्छ” भन्ने अडान लिएका छन्।
Advertisement 3
पार्टीले बाँके–२ मा जनमुखी, संघर्षशील र युवाको भरोसामा उभिएको नेतृत्व आवश्यक रहेको निष्कर्षसहित बिष्टको नाम केन्द्रीय नेतृत्वमा पठाएको जनाएको छ। अन्तिम उम्मेदवारको टुंगो पार्टीको केन्द्रीय निर्णयपछि लाग्ने भए पनि, बिष्टको सिफारिससँगै बाँके–२ को राजनीतिक वातावरण थप तात्ने भएको छ।






प्रतिक्रिया दिनुहोस्