२०८२ पुष १७, बिहीबार ०८:११ गते
नेपाली समय

नेपाली कम्युनिस्ट पार्टीबाट बाँके–२ मा क. तेज प्रसाद रेग्मी सिफारिस

२०८२ पुष १२ गते, शनिबार समय: २३:५२ मिनेट

नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बाँके क्षेत्र नं. २ बाट  तेज प्रसाद रेग्मीलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटी सचिवालय सदस्य, सम्पर्क समन्वय समिति बाँकेका इन्चार्ज तथा नेपाल उद्योग व्यापार महासंघको सचिवालय सदस्य एवम् बाँके अध्यक्ष रहेका क. रेग्मीलाई पार्टीले युवा, उद्योग र उत्पादनको वैकल्पिक राजनीतिक एजेन्डा बोकेका नेतृत्वका रूपमा अघि सारेको हो।

Advertisement 1

पार्टीका अनुसार  रेग्मी युवालाई वैदेशिक पलायनबाट रोक्दै स्वदेशमै रोजगारी सिर्जना, स्थानीय स्रोत–साधनमा आधारित उद्योग विकास र उत्पादनमुखी अर्थतन्त्र निर्माणको स्पष्ट राजनीतिक दृष्टिकोण भएका नेता हुन्। उनले लामो समयदेखि साना तथा मझौला उद्योग, व्यापार, कृषि उत्पादन र उद्यमशीलताको पक्षमा आवाज उठाउँदै आएका छन्।

नेपाली कम्युनिस्ट पार्टीले बाँके–२ लाई उत्पादन, रोजगारी र उद्यमको नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्यसहित रेग्मीको उम्मेदवारी अघि सारेको जनाएको छ। पार्टीको भनाइमा पुरानो दलाल–आयातमुखी अर्थतन्त्रको विकल्प उत्पादनमुखी राष्ट्रिय अर्थतन्त्र नै हो, र त्यसको नेतृत्व युवामैत्री र उद्योगमैत्री राजनीतिक शक्तिले मात्र गर्न सक्छ।

Advertisement 2

पार्टीले  रेग्मीको नेतृत्वमा युवाशक्ति, श्रमिक, किसान, साना उद्यमी र उद्योगीलाई एउटै राजनीतिक मोर्चामा संगठित गर्दै जनताको पक्षमा सत्ता र नीतिको पुनःसंरचना गर्ने अठोट दोहोर्याएको छ।

सम्बन्धित समाचार