२०८२ पुष १७, बिहीबार ०८:०४ गते
नेपाली समय

युवाशक्ति र संघर्षको प्रतिनिधित्व :बाँके–१बाट नरेन्द्र पाण्डे ‘जेम्स’लाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस

२०८२ पुष १३ गते, आईतवार समय: ००:०२ मिनेट

बाँके– नेपाली कम्युनिष्ट पार्टी बाँकेले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रतिक्रियावादी, अवसरवादी र जनविरोधी शक्तिहरूको सामना गर्ने दृढ अठोटसहित बाँके क्षेत्र नम्बर १ बाट नरेन्द्र पाण्डे ‘जेम्स’लाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीको जिल्ला कमिटी बैठकले वैचारिक दृढता, संगठन विस्तारमा खेलेको निर्णायक भूमिका र युवालाई राजनीतिक रूपान्तरणको अग्रपंक्तिमा उभ्याउने क्षमतालाई आधार मानेर पाण्डेको नाम केन्द्रमा सिफारिस गरेको हो।

Advertisement 1

पार्टी नेतृत्वका अनुसार पाण्डे ‘जेम्स’ जनसंघर्ष, आन्दोलन र संगठन निर्माणमा खारिएको नाम हुन्। उनले बाँके जिल्लामा युवालाई वैचारिक रूपमा संगठित गर्दै भ्रष्टाचार, बेरोजगारी, दलाल पूँजीवाद र सामाजिक अन्यायविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन्। यही कारण उनी जनताको वास्तविक प्रतिनिधि बन्न सक्षम नेता भएको पार्टीको निष्कर्ष छ।

सिफारिस निर्णयसँगै बाँके–१ मा कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्ने र संसदीय राजनीतिलाई जनमुखी बनाउने लक्ष्य पार्टीले लिएको छ। पार्टीले संसदीय सिटलाई सत्ता, सुविधा र सम्झौताका लागि नभई श्रमिक, किसान, युवा र उत्पीडित समुदायको आवाज सशक्त बनाउने संघर्षको मञ्चका रूपमा प्रयोग गर्ने स्पष्ट गरेको छ।

Advertisement 2

युवा पुस्तामा बढ्दो राजनीतिक निराशालाई चिर्दै परिवर्तनको आशा जगाउने नेतृत्वका रूपमा पाण्डे ‘जेम्स’को उम्मेदवारीलाई हेरिएको छ। पार्टीले बाँके–१ लाई परिवर्तनको आधारभूमि बनाउँदै वैकल्पिक कम्युनिष्ट राजनीतिलाई मजबुत बनाउने दाबी गरेको छ।

सम्बन्धित समाचार