२०८२ मंसिर २५, बुधबार २१:२७ गते
नेपाली समय

कोहलपुरको प्रेस संयोजकमा ढकाल नियुक्त

२०७९ कार्तिक ४ गते, शुक्रबार समय: १७:५८ मिनेट

बाँके –

Advertisement 1


बाँकेको कोहलपुर नगरपालिकाको प्रेस संयोजकमा पत्रकार प्रियास्मृति ढकाल नियुक्त भएका छन् । असोज २७ गते बसेको कार्यपालिका बैठकले पत्रकार ढकाललाई प्रेस संयोजकमा नियुक्त गरेको नगरपालिकाले जनाएको छ ।


करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील ढकाल हाल रेडियो बागेश्वरीको समाचार प्रमुख, स्वास्थ्य पेज अनलाइनको कार्यकारी सम्पादक र बेलायती गोर्खाजहरुको रेडियो बीएफबीएसको पश्चिम नेपाल रिपोर्टर हुन् ।

Advertisement 2


कोहलपुर नगरपालिका–९ का स्थायीवासी पत्रकार ढकालले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा तत्कालीन जिल्ला विकास समितिमा उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

सम्बन्धित समाचार