बाँके –
Advertisement 1
दर्शकको रुचाओटका कारण नेपाली चलचित्र ‘महापुरुष’ चौथो हप्तामा प्रवेश गरेको छ । चुनावको मुखमा पनि महापुरुषले दर्शकको राम्रो साथ पाइरहेको छ ।
देसभर ७ करोड बढी आर्थिक कारोबार गरेको महापुरुषले नेपालगन्जमा पनि राम्रो कारोबार गरेको छ । बगेश्वरी चलचित्र मन्दिरका अनुसार महापुरुषले नेपालगन्जमा १६ लाख बढीको आर्थिक कारोबार गरेको छ ।
Advertisement 2
आज (शनिबार) मात्रै दिउसोको सोमा १ सय बढी दर्शकले महापुरुष हेरेका छन ।

‘महापुरुष’ प्रदीप भट्टराईको लेखन र निर्देशन बनेको चलचित्र हो । जसको व्यापार आक्रमक देखिएको छ ।
Advertisement 3
चलचित्रको सबै पक्ष उत्कृष्ट रहेकाले यो हप्ता पनि दर्शकको संख्या हलमा बढ्ने आँकलन गरिएको छ ।
चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अन्जना बराइली, गौरी मल्ल, अरुन क्षेत्री, राजाराम पौडेल , रबिन्द्र सिङ बानियाँलगायतको अभिनय रहेको छ ।






प्रतिक्रिया दिनुहोस्