२०८२ मंसिर २३, सोमबार ०६:३० गते
नेपाली समय

चर्चामा अभिनेता प्रभास र अभिनेत्री कृतिको प्रेम सम्बन्ध

२०७९ मंसिर १४ गते, बुधबार समय: १७:०५ मिनेट

एजेन्सी –

Advertisement 1


यतिखेर दक्षिण भारतीय र बलिउड फिल्म क्षेत्रमा दक्षिण भारतीय अभिनेता प्रभास र बलिउड अभिनेत्री कृति सेननको प्रेम सम्बन्ध चर्चामा रहेको छ । केही दिनदेखि भारतीय मिडियामा उनीहरूको प्रेम सम्बन्धका बारेमा खबर लाइरहेको छ ।


भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्म ‘आदिपुरुष’ को सेटमा प्रभासले घुँडा टेकेर कृतिलाई प्रेम प्रस्ताव राखेका थिए । कृतिले उनको प्रस्ताव स्वीकार गरेको बताइएको छ ।

Advertisement 2


उनीहरूको प्रेम सम्बन्धबारे वरुणले ‘झलक दिखला जा’को फाइनलमा उपस्थित हुँदा खुलासा गरेका थिए ।


वरुणको यस खुलासापछि प्रभास र कृति इन्गेजमेन्टको तयारीमा रहेको खबर बाहिरिएको छ । तर अभिनेत्री कृतिले उक्त खबर झुटो रहेको बताएकी छन् ।

Advertisement 3


उनले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेयर गर्दै लेखेकी छन्, ‘यो न माया हो न पिआर । हाम्रो भेडिया रियालिटी शोमा केही ज्यादा जंगली भयो । उसको मजाक मस्ती ठूलो अफवाह बन्यो । केही सञ्चारमाध्यमले मेरो विवाहको मिति घोषणा गर्नुअघि म तपाईंहरूलाई यस सपनाबाट बाहिर ल्याउन सहयोग गर्नेछु । यो सबै अफवाह हो ।’


ओम राउतले निर्देशन गरेको फिल्म ‘आदिपुरुष’ मा प्रभास र कृतिसँगै सैफ अलि खानको पनि मुख्य भूमिका रहेको छ ।

सम्बन्धित समाचार