२०८२ मंसिर २४, मंगलवार ०५:०० गते
नेपाली समय

उर्जामन्त्री भुसालद्वारा राप्ती सोनारीको विद्युत् सबस्टेसन अवलोकन

२०७९ पुष १ गते, शुक्रबार समय: ११:२८ मिनेट

बाँके –

Advertisement 1


लुम्बिनी प्रदेश उर्जा तथा जलस्रोत सिँचाइमन्त्री पम्फा भुसालले बिहीबार राप्ती सोनारी क्षेत्रमा रहेको सिक्टा सिँचाइ र राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ४ मा स्थित धामपुरमा रहेको विद्युत् सबस्टेसनको अवलोकन गरेकी छिन् । अवलोकनाका क्रममा वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्काले उर्जामन्त्री भुसाललाई राप्ती सोनारीमा विद्युत् महसुल तिर्ने व्यवस्था मिलाइदिन अनुरोध गरे ।


लामो समय अन्धकारमा रहेको राप्ती सोनारीले विगत २ वर्षयता बल्ल बत्तिको उज्यालो पाएको हो । ३ हजार ५ सय बढी उपभोक्ता रहेका राप्ती सोनारीवासीलाई नेपालगन्ज आएर बत्तिको महसुल तिर्नुपर्ने बाध्यता रहेको छ । उक्त समस्यालाई समाधान गर्न वडाअध्यक्षसहितको टोलीले मन्त्री भुसाललाई विशेष जोड दिएको छ ।

Advertisement 2


त्यस्तै लामो जंगलको बाटो, खुल्ला तार भएका कारण रुखको हाँगा खसेर तार चुडिने र हावा हुरिका कारण रुख ढलेर पोल ढल्ने जस्ता समस्या भएको मन्त्री भुसाललाई जानकारी गराइएको छ । साथै सिँचाइलाई जति सक्दो चाडो सुरुवात गर्न पनि मन्त्री भुसालसामु आग्रह गरिएको वडा अध्यक्ष खड्काले बताए ।


मन्त्री भुसालले विद्यत् महसुल राप्ती सोनारीबाटै तिर्ने वातवरण मिलाउन आफूले पहल गर्ने बताइन् । साथै उनले केही महिना वा वर्षभित्रै सिँचाइ पनि पुर्णरुपले सूचारु हुने जानकारी गराइन् ।

सम्बन्धित समाचार