२०८२ मंसिर २५, बुधबार २०:५२ गते
नेपाली समय

खजुरामा एक वडा एक गाैरबका याेजनाकाे सर्वे हुने ठाउँमा अनुगमन

२०८१ श्रावण ३० गते, बुधबार समय: २१:३६ मिनेट

खजुरा गाउँपालिका द्धारा २०८१।०८२मा
सञ्चालित ८ वटै  वडामा  संचालन हुने गौरबका योजनाहरुकाे सर्वे हुने ठाउँमा खजुरा गाउँपालिकाका
अध्यक्ष डम्बर बहादुर विक ( तुफान ) उपाध्यक्ष मन्जु मल्ल प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना ले अनुगमन गर्नुभएको छ।

Advertisement 1

गाउँपालिकाले  आर्थिक वर्षमा  २०८१/०८२मा सबै वडामा  कम्तीमा एक करोड   रुपैया बजेटको एउटा गौरवको योजना सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो ।
एक वडा एक गाैरबकाे याेजना अनुसार  खजुरा गाउँपालिका वडा नम्बर १मा वडा कार्यालय निर्माण, वडा नम्बर २मा बहुउद्देशीय सभाहल , वडा नम्बर ५ मा सभाहल तेसै गरि वडा नम्बर ३,४,६,७,८मा सडक निर्माण गरिने खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख बस बहादुर रानाले जानकारी दिए।

Advertisement 2

 

 

Advertisement 3

 

 

विकास निर्माण योजना प्रभाबकारी बन्न नसक्नुको प्रमुख कारण मानिएको टुक्रे योजनालाई हटाउदै यही आर्थिक बर्ष २०८१/८२को लागि वडा स्तरबाट योजना तर्जुमामा भएका  वडा स्तरबाट पूर्वाधार विकासका योजनाहरु  ‘एक वडा एक गौरबका योजना’ सञ्चालन गर्ने गरि वडास्तरमा योजना तर्जुमा  गरिएको गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले  जानकारी दिनुभयो ।

टुक्रे भन्दा उपलब्धि देखिने र जनतालाई तत्काल राहत मिल्ने योजनालाई प्राथमिकता दिई
टोल विकास समितिको पहलमा बस्ती स्तरमा भेला गरी योजनाको माग संकलन गरि वडा, विषयगत समिति, कार्यपालीका हुदै गाउँसभाबाट पारित गर्ने गरि । स्थानीय बासिन्दाको अपनत्व र जनसहभागीताका लागि समस्या, आवश्यकताका आधारमा योजना प्राथमिकीकरण गरिएका   एक वडा एक गाैरबका याेजना छिटो भन्दा
छिटो   टेन्डर प्रकृया गरि    कार्यान्वयनको तहमा लैजाने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक ( तुफान )ले जानकारी दिनुभयो ।

केन्द्र, प्रदेश र पालिकाले नै अगाडि बढाएका
गौरवका आयोजनाहरु पूर्ण हुँदा खजुरा एउटा
समृद्ध शहरका रुपमा विकास हुनेमा दुईमत छैन ।

 

,

 

सम्बन्धित समाचार