खजुरा २९ पुष : बाँकेको खजुरामा जारी सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ को उपाधि जनता मावि सन्तकुटीले उचालेकोछ ।
पालिका तहमा खेलकुदको ‘महाकुम्भ’ भनेर परिचित अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जनता माविले चुम्न सफल भएको हो ।
Advertisement 1

मेयर रनिङ शिल्डमा भएका जम्मा ४८ वटा इभेन्टमा जनता माविले कुल ११ स्वर्ण १० रजत र ५ कास्य जित्दा ज्ञानोदय मावि खजुार र आर्दश मावि डि गाउँ क्रमश दोस्रो र तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो । ज्ञानोदय माविले ६ स्वर्ण ८ रजत र एक कास्य तथा आर्दश माविले ३ स्वर्ण ५ रजत र ४ कास्य प्राप्त गरे ।
उपाधि चुम्न सफल भएसंगै जनताले ३३ हजार, ज्ञानोदयले २० हजार र आर्दश माविले १४ हजार धनराशी प्राप्त गरे ।
प्रतियोगितामा आधारभुत (कक्षा ६–८) तर्फ ३ स्वर्ण १ रजत जित्दै जनसेवा मावि पुरैना प्रथम, २ स्वर्ण १ रजत र २ कास्य जित्दै मनकामना मावि बलभद्रपुर दोस्रो र २ स्वर्ण जित्दै ध्रुवतारा विद्या मन्दिर खजुरा विजयी भए । विजयी भएका यी विद्यालयले क्रमश १५ हजार, १० हजार र ७ हजार धनराशी प्राप्त गरे ।
यसैगरी प्रतियोगितामा आधारभुत (कक्षा १–५) तर्फ २ स्वर्ण जित्दै नेरामावि मनकामनापुर प्रथम, एक स्वर्ण र एक रजत जित्दै जनतामावि बठवा दोस्रो तथा एक स्वर्ण र एक कास्य जित्दै जनसेवा मावि पुरैना र मैटहवा मावि चन्द्रनगर विजयी भए । विजयी भएका यी विद्यालयले क्रमश १० हजार, ७ हजार र २५–२५ सय धनराशी प्राप्त गरे ।
प्रतियोगितामा अनुशासन प्रावितर्फ नेराआवि गुराँसपुर, अनुशासन निमावितर्फ नेराआवि सिन्दुरी र अनुशासन मावितर्फ ध्रुवतारा विद्यामन्दिर प्रथम भएकाछन् ।
उपाधि जित्ने जनता माविसंगै विभिन्न खेल विधाका विजयी खेलाडी तथा विद्यालयलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले पुरुस्कार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सोक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विकले गाउँपालिकामा खेलकुदले फड्को मारेको भन्दै खेलाडी र विद्यार्थीहरुको हौसला बढाएका थिए ।
‘म आज अत्यन्त खुशी छु, खेलकुदको हबका रुपमा गाउँपालिकालाई अगाडी बढाइरहँदा खेलाडी र सर्वसाधरणको उल्लासपूर्ण उपस्थितीले हामीलाई उत्साहित बनाएकोछ’ अध्यक्ष विकले अगाडी थपे–‘खजुरा क्षेत्रको खेलकुद र खेलाडीका लागि गाउँपालिका हरसम्भव प्रयास गर्न प्रतिबद्ध छ । यो गरिमा अझ माथि पु¥याउन योजनाबद्ध लाग्नेछ ।’
यसअघि हुने प्रतियोगितामा भएका कमीकमजोरीलाई हटाएर आफू स्वयम उपस्थित भई निगरानी गर्दा प्रतियोगिता भब्य, सभ्य र धाधलिरहित बन्न पुग्यो । यसमा साथ दिनुहुने सम्पूर्णलाई धन्यबाद दिन चाहान्छु अध्यक्ष विकले भने ।
यहाँबाट छानिएका खेलाडीले राष्ट्रपति कपमा सहभागिता जनाउने हुँदा खजुराले यसपटक उपाधी जित्ने उनले विश्वास ब्यक्त गरे ।
खजुरा गाउँपालिका वडा नम्बर–२ के गाउँ स्थित शुक्र भलिबल स्टेडियम सितापुरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
शुक्र मावि के गाउँको व्यवस्थापन तथा खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विभिन्न विधामा जम्मा ४८ वटा प्रतियोगिता भएका थिए ।
प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२, आधारभूत तह कक्षा ६ देखि ८ र प्राथमिक तहमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले रनिङ शिल्डमा प्रतिस्प्रधा गरेका थिए ।
यस्तै प्रतियोगितामा माध्यमिक तर्फ एथलेटिक्स भलिबल र कबड्डी गरी जम्मा ३० इभेन्ट, आधारभूत तहमा निमावि तर्फ १२ वटा र प्राथमिक तहमा ६ वटा एथलेटिक्स इभेन्ट गरि जम्मा ४८ वटा इभेन्टमा प्रतियोगिता सञ्चालन भएका थिए ।
प्रतियोगिता सफल पार्न कुल १२ लाख ५३ हजार ६ सय बजेट खर्च हुने अनुमान गरिएकोछ । जसका लागि विद्यालयबाट दर्ता शुल्क बापत २ लाख ५३ हजार ६ सय र खेलकुद विकास समिति मेयर कप शीर्षकबाट १० लाख गरि जम्मा १२ लाख ५३ हजार ६ सय रुपैयाँ खर्च हुनेछ । गत वर्षको तुलनामा यस वर्ष प्रतियोगिता सञ्चालनका लागि ३ लाख बजेट कटौती भएको छ ।

खजुरा गाउँपालिकामा रहेका विविध जातजाति, धर्मावल्मी र साँस्कृतिक पहिचान र सद्भाव कायम गर्न प्रतिकको रुपमा सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको लोगोमा विविध धर्मका धार्मिक स्थलहरु अंकित गर्नुका साथै किरण खोलामा पाइने गोहीलाई मस्कटको रुपमा राखिएकोछ ।
प्रतियोगिता भब्य र सभ्यरुपमा सफल पार्न विभिन्न समिति समेत गठन गरिएको थियो । खजुरा गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक डम्बर बहादुर विक तुफानको अध्यक्षतामा प्रतियोगिता २३ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन मुल समिति गठन गरिएको थियो । जसमा खेलकुद प्रतियोगिता उद्घाटन समारोह, मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उपसमितिको जिम्मा जगतबहादुर राना, जुरी अफ अपीलको अध्यक्षमा स्वयम गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफान, गीता गोदारलाई उद्घोषण, पुरस्कार खरिद तथा वितरण व्यवस्थापन समिति मोतिराम अधिकारी, स्वयमसेवा परिचालन उपसमितिमा प्राविधिक पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव चन्द, प्राविधिक तथा फिल्ड निर्माण उपसमिति चन्द्रबहादुर गुरुङ, भोजन, खाजा र सरसफाई व्यवस्थापन उपसमिति पूर्व शिक्षक जयलाल अधिकारी, प्रचारप्रसार उपसमितिमा प्रेस सल्लाहकार चन्द्र बोहरा, आर्थिक उपसमिति वडा अध्यक्ष धनाराम ओली, स्वास्थ्य तथा प्राथमिक उपचार उपसमिति स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी, शान्ति सुरक्षा उपसमिति वडाअध्यक्ष धनाराम ओली, प्रशासनिक एवम व्यवस्थापकीय जिम्मेवारी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्ललाई जिम्मेवारी दिइएको थियो । यस्तै खेल अवधिभर खेल मैदानलाई व्यवस्थित गर्न जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक दहाललाई फिल्ड मार्शलमा मनानेनय गरिएको थियो भने सहायक फिल्ड मार्शमा ध्रुवता विद्या मन्दिरका प्रधानाध्यापक प्रदीप खनाललाई जिम्मेवारी दिइएको थियो ।
Advertisement 2






प्रतिक्रिया दिनुहोस्