२०८२ मंसिर २३, सोमबार १३:३८ गते
नेपाली समय

भुमि आयोग लाई श्रोत र साधनको कमि हुन दिदैनौ : अध्यक्ष तुफान

२०८१ माघ २४ गते, बिहीबार समय: ००:०७ मिनेट

खजुरा गाउपालिका अध्यक्ष डम्बर बिक तुफानले भुमि समस्या समाधान आयोग लाई श्रोत र साधनको कमी हुन नदिने बताएका छन । बुधवार भूमि समन्वय तथा सहजीकरण समिति खजुरको बैठकमा बोल्दै यस्तो बताएका हुन ।
उनले विकासको बजेट कटौती गरेर भएपनि जनता लाई लाल पुर्जा बाँडेरै छाडने बताए । यसका लागी नितीगत तहमा आयोगले सहयोग गनुपर्ने उनको भनाई थियो । उनले खजुरा क्षेत्रमा ५ हजार २ सय ५८ जनाले अनलाइन फर्म भरेको र केहि मानिसहरु छुटेकाले केहि समय अनलाईन फर्म समय थप गनुपर्ने धारणा राखे । उनले केहि वडाहरूमा नाप जाँचको काम अगाडि बढेकाले छिटै जग्गा धनी प्रमाण पुर्जा बिरतण गर्न सफल हुने धारणा राखे ।
पालिका स्तरमा पालिका समन्वय समिति र वडा स्तरमा वडा समन्वय समिति गठन भएकाले फिल्डमा काम गर्दा आउने समस्या सोही समितिको पहलमा समाधान गदै अगाडि बढ्ने उपाध्यक्ष मन्जु मल्लले बताउनुभयो ।
भूमि समस्या आयोग बाँकेका अध्यक्ष घननाथ खनालले साधन श्रोतका अभाव भएको भएपनि त्यस लाई व्यवस्थापन गर्दै अगाडी बढ्ने बताए । उनले विगतको आयोगले थाती राखेको स्थान बाटै काम अगाडि बढाइने जानकारी दिए । विगतको भन्दै अधिकार सम्पन्न आयोग रहेकाले यस पटक बाँकेका ५१ हजार भूमिहीन सुकुम्बासी , भूमिहीन दलित र अव्यवस्थित बसोवासी लाई जग्गाधनी प्रमाण पुर्जा बितरण गरिने बताए ।

Advertisement 1


बैठकमा नापि कार्यालयका प्रमुख तथा भूमि आयोयका सदस्य सचिव गुणेश्वर यादवले बिगत भन्दा शक्तिशाली आयोग रहेकाले यस पटक काम गर्न सहज रहेको बताएका थिए ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष मञ्जु मल्ल  ,  वडा नम्बर २ अध्यक्ष धनीराम वली, खजुरा ४ का अध्यक्ष टेक बहादुर रोका , ५ का वडा अध्यक्ष गरिबे शेष लगायतका वडा अध्यक्षहरु ल्गायतको सहभागीता रहेको थियो ।
भूमि समस्या समाधान आयोगले पालिका स्तर र वडा स्तरका जनप्रतिनिधिहरूको नेतृत्वमा भूमि समन्वय तथा सहजीकरण समिति गठन गरेको छ । पालिकामा पालिका अध्यक्ष प्रमुख रहने गरि कार्यपालिका सदस्यहरु र भूमि क्षेत्रमा काम गर्ने संघ सस्थाका प्रतिनिधी राजनैतिक दलका प्रनितिी रहने छन भने वडामा वडा पालिका समितीनै समन्वय तथा सहजीकरण समितीका रुपमा काम गर्ने नितीगत ब्यवस्था छ ।

सम्बन्धित समाचार