२०८२ मंसिर १३, शुक्रबार ०९:२७ गते
नेपाली समय

वर्षौको जोखिम अन्त्यतिर : खजुरामा पेडारी नालाको नयाँ पुल निर्माण सुरु

२०८२ कार्तिक १२ गते, मंगलवार समय: ००:०२ मिनेट

खजुरा (बाँके) — बाँकेको खजुरा खण्डमा रहेको झण्डै ५० वर्ष पुरानो पेडारी नाला पुलको पुनर्निर्माण कार्य सुरु भएको छ। नेपालगञ्ज र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने मुख्य सडकखण्डमा पर्ने सो पुलको काम आजदेखि औपचारिक रूपमा थालिएको हो।

Advertisement 1

हुलाकी सडक निर्देशनालयको लगानीमा नारायणम् निर्माण सेवाले पुल निर्माणको जिम्मा लिएको छ। जिर्ण पुलका कारण सवारी आवागमनमा जोखिम बढेपछि नयाँ पुल निर्माणले स्थानीयवासी र यात्रुहरूमा राहतको अनुभूति ल्याएको छ।

खजुराका स्थानीयले भने, “वर्षौंदेखि ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्थ्यो, अहिले नयाँ पुल बन्ने खबरले सबैलाई खुसी बनाएको छ।”

Advertisement 2

निर्देशनालयका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार, निर्माणाधीन पुलको लम्बाइ ३४.४ मिटर हुनेछ। चार लेनको पुलमा ११–११ मिटरका दुई भाग गाँसिने छन् भने बीचमा करिब २ मिटरको डिभाइडर रहनेछ। नयाँ पुल अहिलेको भन्दा करिब २.५ मिटर अग्लो बन्नेछ।

भण्डारीका अनुसार, नालाको १५ मिटर उत्तरतर्फ तटबन्ध बनाइनेछ, जसबाट पानीको वहाव पुलतर्फ मोडिनेछ।

Advertisement 3

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक ‘तुफानले डाइभर्सन निर्माण गरेर काम सुरु गरिएको जानकारी दिँदै भने, “यो पुल निर्माणले वर्षौंदेखि स्थानीयले भोग्दै आएको पीडाको अन्त्य हुनेछ।”

कुनै बाधा नआएमा पुल निर्माण कार्य ४ देखि ६ महिनाभित्र सम्पन्न हुनेछ।

 

सम्बन्धित समाचार